काठमाडौं । नेपाल सरकारका सिंचार्इँ मन्त्री उमेशकुमार यादवले मधेशमा छुट्टै राज्य चाहिन्छ , भन्नेहरु नेपाली नभएको बताएका छन् । उनले मधेशमा छुट्टै राज्यको माग गर्नेहरु देशद्रोही भएको ठोकुवा गरेका छन् ।
उनले एमाओवादीले जातीय कुरा उठाएर खसब्राम्हणको वर्चश्व तोडेको बताउदै,सबै प्रदेश जातीययताका आधारमा बनाउनुपर्ने दावी गरेका छन् । राज्यका सबै निकयमा परानै शासकका शैलीहरु रहेको र यसलाई तोड्न आफूहरु लागि परेको उनले बताएका छन् ।
अहिलेको परिस्थितिमा आफू आफ्नो गृहजिल्ला जानसक्ने अवस्था नरहेको बताउदै मन्त्री यादवले मधेशलाई अधिकार दिन सरकारले कुनै कसुर बाकी नराख्ने बताएका छन् ।