झापा। जंगली हात्तीले उपद्रो मच्चाउन थालेपछि झापाको सदरमुकाम भद्रपुर लगायत आसपास क्षेत्रका स्थानीयबासी आतङ्कित बनेका छन्।
आहारको खोजीमा जङ्गली हात्ती गाँउ पस्न थालेपछि स्थानिय बासीन्दा आतङ्कित बनेका हुन्। ‘हात्तीले दैनिकजसो उधुम मच्चाउन थालेको छ,’ भद्रपुर ७ घोडामाराका प्रकाश घिमिरेले भने, ‘अन्नपात त खायो खायो मान्छे पनि मार्न बेर छैन।’
जङ्गली अटेरी हात्तीले घिमिरेको चिया बगानमा क्षति पुर्‍याएको छ। सदरमुकामदेखि ३ किलोमिटर पूर्वमा रहेको सो चिया बगानमा तीन वटा जङ्गली हात्ती पसेर चिया बोट खाइदिनुका साथै नस्ट गरिदिएको उनले बताए।
आज विहान ५ बजे सो चिया बगान हुदै हात्ती गाउ पसेका थिए। जङ्लग क्षेत्रमा आहारा सकिएपछि हात्ती गाँउ पस्न थालेका हुन्। केहीदिन अघि पनि यही हुलिया भएका हात्ती गाँउ पसेर गाँउलेलाई आतङ्कित बनाएको थियो। भारतीय क्षेत्र हुँदै नेपाल प्रवेश गरेका ती हात्ती झापाको चारकोशे जङ्गलमा बस्दै आएको जिल्ला वन कार्यलय झापाले जनाएको छ।
जङ्गली हात्ती गाँउ पस्ने बित्तिकै गाँउले आतङ्कित भएपछि जिल्ला प्रहरी कार्यलय झापाले प्रहरी परिचालन गरेको थियो।
वन कार्यालय झापाका वन रक्षक, नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरी हात्ती धपाइएको सिमा सुरक्षा कार्यालय झापाका एसपी शान्तिकुमार कार्कीले बताए।