काठमाडौं । मधेसकेन्द्रित राजनीतिक दलहरुको मागअनुसार संविधान संशोधनको प्रक्रिया अघि बढेर विश्वासको वातावरण तय भए पारवहन तथा आपूर्ति सहज हुने भारत सरकारले प्रतिबद्धता जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
भारत सरकारले नेपालका उपप्रधान एवम परराष्ट्रमन्त्रीसँग दोहोरो विश्वास र प्रतिबद्धताको अडान मात्रै दोहोर्‍याएको छ। २ महिनाअघि नेपालको स्रसदमा पेस भएको संशोधन प्रस्तावको अहिलेको स्थितिबारे जिज्ञासा राखेको छ। परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच बुधबार दिल्लीमा भेटवार्तामा सहभागी विदेश मन्त्रालयका एक अधिकारीले भने, ‘अहिलेको अवस्थामा संविधान संशोधन र सीमांकन मामिलामा चित्तबुझ्दो राजनीतिक सहमति देखिनु जरुरी छ ।’