चन्द्रपुर : चुरेभावर राष्ट्रिय एकता पार्टी र स्थानीयबासीले बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा भारतीय नाकाबन्दीको बिरोध र भावर प्रदेशको माग गर्दै प्रर्दशन गरेका छन् ।
सर्लाही र रौतहटका बिभिन्न स्थानहरुमा नाकाबन्दीको बिरोध र भावर प्रदेशको माग गर्दै पछिल्लो समय सो पार्टी सडकमा उत्रिएको हो ।
चुरेभावर पार्टीका केन्द्रिय अध्यक्ष बद्री न्यौपानेले जातीय सद्भाव भड्काउन खोज्नेदेखि सचेत हुन आग्रह गर्दै मधेसी मोर्चालाई राजमार्गमा धर्ना र आन्दोलन गर्न नदिने चेतावनी दिए ।्
उनले मोर्चालाई शान्तिपुर्ण आन्दोलनबाटै समाधान खोज्न आग्रह गर्दै एकसय भन्दा बढीे दिन बन्द गरेर नेपाली जनतालाई सास्ती दिने मोर्चाका नेताले आफुलाई धर्तीपुत्र भन्नु हाँस्यास्पद भएको टिप्पणी गरे ।
‘कुनै पनि हालतमा राजमार्ग बन्द गर्न दिदैनौ’, अध्यक्ष न्यौपानेले कोणसभामा बोल्दै भने, ‘बन्दले नागरिक आजीत भैसकेका छन, मोर्चाले निहँु खोजे प्रतिकार गर्छौँ ।’
प्रर्दशनमा चन्द्रपुर नगरपालिकाको विभिन्न गाउँबाट चन्द्रनिगाहपुरमा आएका मानिस राष्ट्रिय झण्डा बोकेर ¥यालीमा सहभागी भएका थिए ।
उनीहरुले जातीय सद्भाव कायम गरौँ, नाकाबन्दी फिर्ता गर र चुरेभावर प्रदेश कायम गर लगायत नारा लगाउँदै चन्द्रनिगाहपुर बजार परिक्रमा गरेका थिए ।