धरान
:
सुनसरीको
हरिपुर
गाविस–७
स्थित
भाण्टाबारीको
पूर्वीटोलमा
नेपालीमाथि
भारतीय
फौजले
प्रहार
गरेको
इन्सास
राइफलको
तीनवटा
गोलीको
खोका
भेटिएको
छ
।
सशस्त्र
प्रहरी
सीमासुरक्षा
कार्यालय
सुनसरीको
टोलीले
घटनास्थलबाट
इन्सास
राईफलको
५.५६
एमएमको
तीनवटा
गोलीको
खोका
भेटेको
हो
।
बुधवार
भारतीय
तस्करहरुको
आक्रमणबाट
घाइते
भएका
एसएसबीका
जवानहरुले
सुनसरीको
हरिपुरस्थितपूर्वी
टोलमा
पसेर
नेपालीमाथि
गोली
बर्साएका
थिए
।
एसएसबीको
गोली
प्रहारबाट
हरिपुर–७
का
अशोक
यादव,
नरेश
यादव,
मनोज
यादव
र
सरोज
यादव
घाइते
भएका
थिए
।
घाइतेमध्ये
अशोक
र
नरेशको
वीपी
कोइराला
स्वास्थ्य
विज्ञान
प्रतिष्ठानमा
उपचार
भैरहेको
छ
।
अशोकको
छती
र
नरेशको
दाहिने
कम्मरमा
लागेको
गोली
चिकित्सकले
झिक्न
सकेका
छैनन्
।
उनीहरु
खतरामुक्त
रहेको
प्रतिष्ठानले
जनाएको
छ
।
एसएसबीले
नेपालीमाथि
गोली
प्रहार
गरी
घाइते
बनाएपछि
सशस्त्र
प्रहरीको
सीमा
सुरक्षा
कार्यालयले
चौविसै
घण्टा
घटनास्थलमा
पहरा
दिएको
छ
।
घटनापछि
खटिएको
सशस्त्र
प्रहरीले
विहीबार
स्थानीयको
सहयोगमा
तीनवटा
गोलीको
खोका
भेटेर
जिल्ला
प्रहरी
कार्यालय
सुनसरीलाई
आवश्यक
अनुसन्धानका
लागि
बुझाएको
छ
।
सुनसरीका
प्रमुख
जिल्ला
अधिकारी
रविलाल
पन्थले
एसएसबीले
नेपालीमाथि
प्रहार
गरेको
गोलीको
तीनवटा
खोका
भिटिएको
जानकारी
दिएका
छन्
।
भारतीय
राजदुत
रञ्जित
रायले
एसएसबीले
नेपाली
भूमिमा
गोली
नहानेको
भनेर
दिएको
झुट्टो
अभिव्यक्तिलाई
गोलीको
खोका
भेटेपछि
घट्नालाई
थप
पुष्टी
गरेको
स्थानीय
प्रशासनले
बताएको
छ
।
बन्दको
मौका
झोपी
रसायनिक
मल
लिएर
नेपालतर्फ
आएका
भारतीय
तस्करहरुसँग
वीरपुरस्थित
लालपुर
नाकामा
खटिएका
एसएसबीका
जवानले
रकम
माग्दा
उनीहरुले
एसएबीमाथि
आक्रमण
गरी
नेपाल
तर्फको
भूभागमा
भागेका
थिए
।
आक्रमणपछि
नेपाल
प्रवेश
गरेका
छ
जना
एसएसबीका
जवानहरुले
हरिपुरको
पूर्बीटोलमा
आगो
तापीरहेका,
भैँसी
चराइरहेका
र
धान
उठाइरहेका
नेपाली
युवालाई
गोली
प्रहार
गरी
घाइते
बनाएका
थिए
।
गोली
खाने
कांग्रेस,
एमालेका
कार्यकर्ता
एसएसबीको
गोली
खाने
चारजनामध्ये
तीनजना
कांग्रेस
र
एकजना
एमाले
कार्यकता
रहेको
खुलासा
भएको
छ
।
एसएसबीको
गोली
लागेकामध्ये
अशोक
यादव
र
मनोज
यादव
नेपाली
कांग्रेसका
सक्रिय
कार्यकर्ता
र
सरोज
यादव
एमालेका
सक्रिय
कार्यकर्ता
रहेका
छन्
।
एसएसबीको
गोली
लागेका
मनोजले
काग्रेसमा
लागेपनी
एसएसबीले
गोली
हान्दा
समेत
वास्ता
नगरेको
गुणासो
गरेका
छन्
।
एसएसबीकै
गोली
लागेका
नरेश
यादव
भने
स्थानीय
माविमा
कक्षा
१०
मा
अध्ययनरत
छात्रा
हुन्
।
घाइते
अशोकका
बुवा
कामेश्वरले
पनि
एसएसबीले
गोली
बर्साएर
छोरालाई
घाइते
बनाउँदा
समेत
कांग्रेसले
नसम्झिएको
गुनासो
गरे
।
उनी
हरिपुरका
पुराना
सक्रिय
काग्रेस
कार्यकर्ता
हुन्
।
घाइते
सरोजले
पनि
आफुलाई
दुःख
परेको
बेला
पनि
एमालेले
सान्त्वना
नदिएको
बताए
।
‘हामी
पार्टीका
लागि
ज्यान
दिएर
लाग्छौं’,
उनले
भने,
‘तर
पार्टीका
नेताले
दुःखका
बेला
फोन
पनि
गरेनन्
।’