लामो समयदेखि तराई मधेसमा भइरहेको आन्दोलन र सीमा नाकामा देखिएको अवरोधका कारण अत्यावश्यक औषधिको अभाव भएपछि नेपाल औषधि व्यवसायी संघको पहलमा तीन दिनदेखि एयर लिफ्टिङ गरेर औषधि भित्र्याउन थालिएको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
भारतबाट औषधि एयर लिफ्टिङ गर्न भारतीय एयरलाइन्सहरुले नमानेका कारण नेपाल एयरलाइन्सले भारतको मुम्बइ र नयाँदिल्लीबाट थाइल्याण्ड पुर्याएर नेपाल ल्याएको छ । नेपालले यतिबेला भारतबाहेक थाइल्याण्ड, बंगलादेश र मलेसियाबाट पनि औषधि ल्याउन सुरु गरिसकेको छ ।