भारतीय नाकाबन्दीविरूद्ध नर्वेमा पनि प्रदर्शन भएको छ। नर्वेमा रहेका विभिन्न नेपाली संघ संस्थाको आयोजनामा नर्वेजियन पारलियामेण्ट हाउस अगाडि करिब ५०० को संख्यामा उपस्थित नेपालीहरूले भारतीय नाकाबन्दी विरूद्ध प्रदर्शन गरेका हुन्।

उनीहरूले  ओस्लोमा रहेको भारतीय दूतावासमा ज्ञापनपत्र पनि बुझाएका छन्।