काठमाडौं। आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत बुधबार (आज) नेपालले पपुआ न्युगिनीविरुद्धको दोस्रो तथा अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछ।
नेपाललाई नै हराएर पपुआ न्युगिनीले पहिलो अंक जितेको थियो। यूएईको आबुधाबीस्थित सेख जायेद क्रिकेट मैदानमा हुने खेलमा नेपालले पहिलो अंक प्राप्त गर्ने प्रयास गर्नेछ।
बलिङमा पनि नेपालले यसअघिको जस्तो प्रदर्शन गर्न सकेको छैन। प्रतियोगितामा केन्या चार खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ । चारचार खेल खेलेका नेदरल्यान्ड्स र स्कटल्यान्डको पनि समान ६ अंक छ।
तीन खेल खेलेको हङकङले चार अंक जोडेको छ । तीन खेल खेलेको यूएई र चार खेल खेलेको नामिबियाले समान दुई अंक जोडेका छन्।