रसुवा। रसुवा केन्द्र भएको ४.३ म्याग्नीच्युडको परकम्प गएको छ।

मंगलबार बेलुकी ६:५५मा उक्त परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्प गएको ७ महिना नाघिसकेपनि अझै बैशाख १२को गोरखा भूकम्पको परकम्प गइरहेको हो।

यसअघि गएको बिहीबार पनि सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.२ म्याग्नीच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।