चीनबाट पेट्रोलियम पदार्थ लिन २६ वटा ट्यांकर आज केरुङतर्फ प्रस्थान गरेका छन्।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल रसुवाका अनुसार रसुवागढीबाट केहीबेर अगाडि २६ वटा ट्यांकर केरुङतर्फ प्रस्थान गरिसकेका हुन्।
चीन सरकारले उपलब्ध गराउने अनुदानको पेट्रोलियम पदार्थमध्ये हालसम्म ९२५९७ किलोलिटर गरी ९७ वटा ट्यांकरमा नेपाल भित्रिसकेको र बाँकी २०७४‍.०३ किलोलिटर पेट्रोलियम पदार्थ लिन नेपाल आयल निगमका ती ट्यांकर केरुङतर्फ गइसकेको आज साँझबाट नेपाल भित्रने क्रम सुरु हुने अपेक्षा गरिएको रसुवागढी भन्सार कार्यालयका निमित्त प्रमुख दीर्घवन्धु सुवेदीले बताए।
पेट्रोलियम पदार्थको लाग्ने भन्सार शुल्क तीन करोड ६४ लाख रुपैयाँ नेपाल आयल निगमले अग्रिम भुक्तानी गरिसकेको समेत निमित्त प्रमुख सुवेदीले जानकारी दिए । रासस