काठमाडौं। आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत दोस्रो चरणको आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनीसामु २ सय ३३ रनको चुनौती पेश गरेको छ । युएईको अबुधावीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन जोड्यो ।
नेपालको पारीमा सरद भेसवाकर र प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेलले अर्धसतकीय योगदान गरे । भेसवाकरले ७८ तथा खकुरेलले ६३ रन जोडेपछि नेपाली टोली मध्यम स्कोर खडा गर्न सफल भएको हो ।

यसका अलावा उपकप्तान ज्ञानेन्द्र मल्ल २६, वसन्त रेग्मीले अविजित २४ तथा सागर पुनले १० रन जोड्दा मेहबुब आलम ९, सोमपाल कामी ८ र कप्तान पारस खड्का ६ रनमा पेबेलियन फर्किएका थिए । अनिल मण्डल भने इनिङको पहिलो बलमा नै ० रनमा आउट भए ।

पीएनजीका लागि असद भालाले ३ तथा माहुरु दाइले २ विकेट लिँदा अन्य तीन बलरले १-१ विकेट आफ्नो नाममा लेखाए । पीएनजीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।