बेइजिङ, एजेन्सी। चीनको पूर्वी झेझियाङ प्रान्तको लिडोङ गाउँमा पहिरो जाँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् ।

केही दिनदेखि परेको लगातारको बर्षाका कारण गएको पहिरोले ३० वटा घर पुरिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । पहिरोको चपेटामा नपरेको गाउँको बाँकी भागमा बाढी पसेको छ ।

रातको समयमा गएको पहिरोमा पुरिएकाहरुको खोजीका लागि २ हजार भन्दा बढी खोजकर्ता परिचालन गरिएको छ ।