काठमाडौं। सरकारले आज(आइतबार)देखि काठमाडौंमा दाउरा बेच्न सुरु गरेको छ । भारतीय नाकाबन्दीले खाना पकाउने ग्यासको चरम अभाव भएपछि सरकारले दाउरा बिक्रि थालेको हो
टिम्बर कर्पोरेसनले आजदेखि काठमाडौंको गौशाला र ललितपुरको बालकुमारीस्थित डिपोबाट दाउरा बिक्रि थालेको हो ।
उपभोक्तालाई एक केजीको १५ रुपैयांकादरले दाउरा बिक्रि थालिएको टिम्बर कर्पोरेसनले जनाएको छ । व्यवसायीका प्रयोजनका लागि भने १७ रुपैयांका दरले पांचसय केजीसम्म दाउरा बिक्री गर्ने कर्पोरेशनले जनाएको छ ।
पहिलो चरणमा घरायसी प्रयोजनका लागि उपभोक्तालाई एक सय केजीसम्म दाउरा दिने व्यवस्था मिलाइएको छ । एक सय केजी दाउराले एउटा परिबारलाई एक महिनासम्म पुग्ने अनुमान सरकारको छ ।
गौशला डिपोमा पहिलो चरणमा २७ हजार केजी र बालकुमारी डिपोबाट ७९ हजार केजी दाउरा बितरण भईरहेको छ । दाउरा बितरण बिहान ८ बजेदेखि सांझ ५ बजेसमम चल्ने कर्पोरेशनले जनाएको छ ।