वीरगन्ज। आइतबारदेखि छठ पर्व सुरु भएको छ । विशेष गरेर तराईका बासिन्दाले चार दिनसम्म विशेष उल्लास र भक्तीपूर्वक यो पर्व मनाउँछन् । केही वर्षदेखि पहाडी समुदायले पनि छठ पर्व मनाउन थालेका छन् ।
बन्द र नाकाबन्दीबाट उत्पन्न असहज अवस्थामा पनि तराईका बासिन्दा छठपर्वलाई आवश्यक पर्ने सरसामान किन्न व्यस्त छन् । छठको पहिलो अर्थात चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खान भन्ने गरिन्छ ।
आइतबार व्रतालुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । सोमबार दोस्रो दिनलाई ‘खरना’ भनिन्छ ।
खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालु दिनभरि निर्जला व्रत बस्छन् र बेलुकीपख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नया“ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ ।
षष्ठीका दिन गहु“ र चामल ओखल, जा“तो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ ।
छठको चौथो अर्थात अन्तिम दिनलाई पारन अर्थात पार्वण भनिन्छ । त्यस दिन बिहान व्रत लिनेहरू फेरि जलाशयमा गएर अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातःकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ ।