बेरुत, एजेन्सी। लेबनानको राजधानी बेरुत नजिकै बिहिबार भएका दुईवटा आत्मघाती बम हमलामा ४१ जनाको मृत्यु भएको । घटनामा परी दर्जनौं अन्य घाइते भएका छन् ।
बम हमला बेरुतको दक्षिण क्षेमा रहेको शिट्टे शरणार्थी शिविर नजिक भएको थियो । सुरक्षाकर्मीहरुले उद्धारको कार्य जारी राखेको एजेन्सीहरुले जनाएका छन् । हमला भएको स्थान इस्लामिक संगठन हिजबुल्लाको कब्जामा रहेको बताइन्छ ।
लेबनानका एकजना मन्त्री नौहाद मचनौकका अनुसार, शरीरमा बम बाँधेर तीनजना व्यक्तिहरु शरणार्थीरुमाथि हमला गर्न आएका थिए । जसमध्ये एकजनाको मृत्यु आफ्नै साथीले विष्फोट गर्दा भएको थियो ।