एजेन्सी,(इस्लामावाद)। पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले आफू मुस्लिम समुदायको ब्यक्ति भए पनि हिन्दुहरुलाई साथ दिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

तिहारको उपलक्ष्यमा पाकिस्तानमा रहेका हिन्दुहरुलाई शुभकामना दिने क्रममा प्रधानमन्त्री शरीफले जातीय भेदभावको अन्त्य गर्न आग्रह गदै हिन्दुहरुमाथि ज्यादती गर्ने मुस्लिमसमुदायका जो सुकैलाई कडा कारबाही गर्ने बताए ।

उनले पाकिस्तानी हिन्दु मित्रहरुलाई आगामी वर्ष त्यस्तो स्थानमा आफूलाई आमन्त्रण गर्न आग्रह गरे जहाँ दीपावली गरिन्छ । उनले हालीका अवसरमा हिन्दु धर्मावलम्बीले आफूलाई रङ लगाइदिएमा निकै खुशी लाग्ने पनि उल्लेख गरे ।

पाकिस्तानको इतिहासमा कुनै पनि प्रधानमन्त्रीले हिन्दुहरुको महान चाडमा शुभकामना दिएको यो पहिलो पटक हो । पाकिस्तानका हिन्दु धर्मावलम्बीहरुले पाकिस्तानी प्रधानमन्त्री शरीफको खुलेर प्रशंसा गरेका छन् ।

यसैगरी विपक्षी पार्टी ‘पाकिस्तान पिपुल्स पार्टी’ र ‘तहरिक–ए इन्साफ’ पार्टीका नेताहरुले पनि हिन्दुहरुको चाड दिपावली मनाएको समाचार एजेन्सीहरुले जनाएका छन् ।