काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा आज पहिलो औपचारिक सम्बोधन गर्ने भएका छन् ।

सरकार गठन भएको एक महिना पुगेको दिन प्रधानमन्त्री ओलीले भारतले लगाएको नाकाबन्दीसहित अन्य विषयलाई समेटेर देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन ।

प्रधानमन्त्रीकोसम्बोधनमा मुलुकका समस्या र सरकारले गरिरहेका कामबारे जनतालाई जानकारी गराइने भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा गर्ने केही कामको सूचीसमेत सम्बोधनमा समेट्ने भएका छन् ।

नयाँ सरकार गठन भएको लामो समयसम्म देश अन्योलमै परेको र भारतले लगाएको नाकाबन्दीका विषयमा सरकारले आम जनतालाई सम्बोधन नगरेको भन्दै सामाजिक सञ्जालहरुमा असन्तुष्टि आउन थालेका बेला प्रधानमन्त्रीले देसवासीका नाममा सम्बोधन गर्न लागेका हुन ।