काठमाडौं। प्रधानमन्त्री ओलीले वालुवाटारमा भएको सचीवहरुको एक वैठकमा भारतले एक दुई दिनमा नाकावन्दी खुलाउन सक्ने संकेत आएको वताएकाछन् ।
आपुर्तिलाई व्यवस्थित गर्न वोलाईएको सो वैठकमा ओलीले नाका खुलाउने वा नखुलाउने भन्ने कुरा भारतको भएपनि नेपालले आफ्नो आपुर्ति व्यवस्थित गर्न सरकारको तर्फवाट गर्नु पर्ने सवै तयारी र कामहरु पुरा गर्दै जनतालाई अधिकतम राहत दिन सचीवहरुलाई निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले भारतको अघोषीत नाकावन्दीका कारण उत्पन्न इन्धन संकट हल गर्न सबै उपाय अवलम्वन गर्न र अहिलेको वितरण प्रणालीलाई पारदर्शी र सहज रुपमा अधि वढाउन निर्देशन दिएका थिए । छलफलमा अर्थ, गृह, वाणिज्य, सहरी विकास मन्त्रालयका सचिवहरु उपस्थित थिए ।
२३ गते साँझ काकडभित्ता नाकावाट ३४ टैंकर इन्धन र सुनौली नाकावाट ७ टैंकर इन्धन र २ टैंकर ग्याँस भित्रीएको छ ।
बिहारमा चुनाव मोदीको दलले हारेको, भारत मै नाकावन्दी विरुद्ध विरोध शुरु भएको, अन्तराष्ट्रिय मन्चमा भारत नांगीएको तथा नेपालमा मोदीको विरुद्ध व्यापक जनमत वनेको र नेपालले चीनको नाका खोल्दै प्रतिरोध गर्न थालेको स्थितिमा मोदी झुक्न थालेको संकेत पर्यवेक्षकहरुले गर्न थालेका छन् ।