एजेन्सी। विहारमा भएको विधानसभा निर्वाचनमा नितिशकुमारको महागठबन्धनको पार्टी जनता दल युनाइटेड भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपालाई लज्जास्पद रुपमा हराएको छ ।

कुल २ सय ४३ सिटमध्ये नितिशकुमारको महागठबन्धन १५७ स्थानमा जित हासिल गरकाे छ ।यसैगरी भाजपा नेतृत्वको एनडिए गठबन्धनको ७५ सिट मात्र रहेको छ । यसैगरी अन्यमा ११ स्थानमा रहेको छ ।

निर्वाचनमा जनता दल युनाइटेडले स्पष्ट बहुमत ल्याएको छ । बिहारमा भारतीय जनता पार्टीको यो हार संगै बिहारी जनताले खुसीयाली मनाइरहेका छन् । यसै अहिले निर्वानको नजिता अनुसार अबको बिहारको मुख्यमन्त्रीमा लगातार रुपमा नितेश कुमार नै हुने पक्का भएको छ ।