काठमाण्डौ। चेतनशिल महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेडको चौथो साधारण सभा सम्पन्न् भएको छ । डिभिजन सहकारी कार्यालयका अधिकृत पशुपति घिमिरेआतिथ्य तथा संस्थाका अध्यक्ष सुमित्रा ढकालको सभाध्यक्षतामा सभा भएको हो ।
टोखा नगरपालिका १५, महादेबटार स्थित चेतनशिल महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेडको चौथो साधारण सभा तथा दोस्रो अधिबेशनमा बोल्दै अधिकृत घिमिरेले महिलाहरु द्धारा सञ्चालित सहकारी पारदर्शि भएता पनि अन्य सहकारी भने जोखिममा रहेकाले शेयर सदस्यले पनि सञ्चालक समितिलाइ समय समयमा खबरदारी गरिरहनु पर्ने बताउनु भयो।
पितृसत्तात्मक सोच लाइ आफुहरुले चिर्न सफल भएको बताउदै सहकारीका अध्यक्ष सुमित्रा ढकालले अहिले महिलाहरुले सहकारी राम्रो सगं चलाइरहेका छन ढुक्क भएर कारोबार गर्दा हुन्छ भन्ने, प्रशस्तै भएकाले आफुहरुलाई थप हेोसला मिलेकोे बताउनुभयो ।
अध्यक्ष ढकालले महिला दिदि बहिनिले घर खर्चको लागि छुटयाएको रकम कटौती गरि जम्मा गरेको सानो रकमलाइ सहुलियत र सरल तरिकाले ऋण प्रबाह गर्ने बताउदै समाजमा आर्थिक रुपले पछाडि परेका महिला हरुलाइ आर्थिक क्षेत्रमा सहभागी गराइ आर्थिक स्तर उकास्ने सहकारीको उद्धेश्य रहेको बताउनु भयो ।
साथै उहाले सहकारीको आर्थिक बिकासमा टेवा पुगोस भन्ने उद्धेश्यले यही असोज महिना देखि बिभिन्न्न रेमिट्यान्सहरु समेत सन्चालनमा ल्याएकोे पनि जानकारी दिनुभयो ।
शिक्षा सयोजक खेमकुमारी पोखरेल (दिपु) ले महिलाको आर्थिक अवस्था उकास्न महिलालाई आर्थिक रुपमा सशक्त गराउन सके मात्र महिला हिसांमा कमी आउने बताउदै महिलालाइ बचत गर्ने बानीको बिकास गराउन आवश्यक भएको पनि बताउनुभयो् ।
सहकारीकाृ्े पुजिगत सम्पति (शेयर पुजी ) आर्थिक बर्ष ६९÷७० मा रु १५ लाख मात्र रहेकोमा आर्थिक बर्ष ,७१÷७२ मा बृद्धि भइ जम्मा ८७ लाख पुगेको छ । त्यसै गरि आर्थिक बर्ष ६९÷७० मा बिभिँन्न िशर्षक अन्तर्गत जम्मा ऋण रकम रु १ करोड २३ लाख ८२ हजार ९ सय ३१प्रबाह गर्न सफल भएकोमा यस आर्थिक बर्ष सम्ममा रु २ करोड ८७ लाख ४३ हजार ८ सय १३ रुपैया पुर्याउन सफल भएको छ ।
सोही अवसरमा २०७१ सालको एस एल सी परिक्षामा उत्कृष्ट अकं ल्याउने शेयर सदस्यका २ जना छोरा छोरीलाइ सम्मान पनि गरिएको थियो ।