एजेन्सी। म्यानमारका २५ वर्षपछि आज आम निर्वाचन शुरु भएको छ । दशकौं लामो सैनिक शासनपछि म्यानमारमा प्रजातन्त्र बहालीका क्रममा संसदका लागि आम निर्वाचन शुरु भएको हो ।
निर्वाचनमा सत्तारुढ सैन्य समर्थित यूनियन सोलिडारिटी डेभलपमेन्ट पार्टी तथा प्रजातन्त्रवादी नेतृ आङसाङ सुचीको नेशनल लिग फर डेमोक्रेसी पार्टीबीच नै मूख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
सूचीको पार्टीले ठूलो सफलता प्राप्त गर्ने अनुमान गरिएको छ । यद्यपि, सुचीलाई राष्ट्रपति बन्नबाट भने रोक लागाइएको अवस्था छ ।
तीन करोड मतदाता रहेको यस निर्वाचनले दिने परिणामलाई स्वीकार्ने प्रतिवद्धता राष्ट्रपति थिन सेनले व्यक्त गरिसकेका छन् ।
चुनावको परिणामलाई सरकार र सेनाले स्वीकार्ने भन्दै उनले चुनावी नतिजाले म्यानमारको आगामी राजनीतिक परिदृष्य तयार हुने बताए ।
सन् १९९० मा भएको चुनावमा म्यानमारकी विपक्षी नेतृ आङसाङ सुचीको पार्टी एनएलडीले बहुमत ल्याए पनि सैन्य शासकले चुनावी नतिजा अस्वीकार गर्दै नेतृ सुचीलाई एक दशकभन्दा लामो समयसम्म नजरबन्दमा राखेको थियो ।