एजेन्सी।  रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन लगातार तेस्रोपटक संसारकै शक्तिशाली व्यक्तिमा चुनिएका छन् । फोब्र्स पत्रिकाले भर्खरै जारी गरेको शक्तिशाली व्यक्तिको नयाँ सूचीमा पुटिन एक नम्बरमा छानिएका हुन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा पुटिन र जर्मन चान्सलर एन्जेला मर्केलपछि तेस्रो स्थानमा रहेका छन् । पदमै रहँदा फोब्र्स सूचीको तेस्रो स्थानमा पुग्ने ओबामा पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।