काठमाडौं। नेपाली फुटबल टिम विश्व फुटबल महासंघ (फिफा) को ताजा बरियताक्रममा दर्इ स्थान तल झरेको छ । बिहीबार सार्वजिनक बरियातामा नेपाल २ स्थान तल झर्दै १ सय ९२ औं स्थानमा पुगेको छ

फिफाका २ सय ७ सदस्य राष्ट्रमध्ये नेपाल पुच्छरबाट १५ स्थानमा माथि रहेको छ । यो बरियता नेपालको फुटबल इतिहासको सबैभन्दा खराब हो । नेपाल दक्षिण एसियमा ६ स्थान तल पुग्दै पुच्छरबाट दोस्रो स्थानमा रहेको छ ।

यो पटक श्रीलंका दक्षिण एसियाको पुच्छरमा परेको छ । श्रीलंका १ सय ९४ औं स्थानमा रहँदै दक्षिण एसियाको पुच्छरमा पुग्न बाध्य भएको हो ।

बेल्जियम पहिलो स्थानमा
यो पटकको बरियतामा बेल्जियमले आश्चर्यजनक फड्को मारेको छ । उसले जर्मनी र अर्जेन्टिनालार्इ पछि पार्दै पहिलो स्थान कब्जा गर्न सफल भएको हो ।

त्यसैगरी पोर्चुगल चौथो, चिली पाँचौ, स्पेन छैटौं, कोलम्बिया सातौं, ब्राजिल आठौं, इङ्ल्यान्ड नवौं र अस्ट्रिया दशौं स्थानमा रहन सफल भएका छन् ।