काठमाडौं। नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि चाइना नेसनल पेट्रोलियम कर्पोरेनस (पेट्रो चाइना)लाई नेपाल आउन औपचारिक पत्र पठाएको छ ।
निगमले पेट्रो चाइनासँग चीनबाट पेट्रोलियम पदार्थ आयात गर्दा पर्ने मूल्यबारे प्रस्ताव पनि माग गरेको छ । चीनसँग लामो अवधिसम्म कारोबार गर्ने गरी पेट्रो चाइनालाई मंगलबार औपचारिक पत्र पठाएको कार्यकारीनिर्देशक गोपालबहादुर खड्काले जानकारी दिएका हुन् ।
पेट्रो चाइना नेपाल कहिले आउने भन्ने विषयमा बुधबारै जानकारी प्राप्त हुने खड्काको विश्वास छ ।निगम र पेट्रो चाइनाबीच तेल आपूर्तिबारे अघिल्लो साता मात्रै बेइजिङमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।