काठमाडौं । प्रेस काउन्सि नेपालले प्रायोजित र बनावटी समाचार सामग्रीहरु प्रकाशन÷प्रशारण नगर्न विभिन्न एफएम रेडियोहरुलाई सचेत गराएको छ ।
काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले पर्सा, वीरगंजका रेडियो तथा एफ एमहरुलाई पत्र मार्फत समेत गराउनु भएको हो । पत्रकारिताको सिद्धान्त र मूल्य, मान्यता विपरित हिंसा र आतंकलाई प्रोत्साहन गर्ने, नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सम्प्रदायहरुबीचको सुसम्बन्ध र छिमेकी मुलुकहरुसँगको असल सम्बन्धमा खलल पुग्ने प्रयोजित र बनावटी समाचार सामाग्रीहरु प्रकाशन प्रशारण भइरहेको पाइएको उल्लेख गर्दै पत्रमा त्यस्तो प्रकाशन तथा प्रशारण पत्रकार आचार संहित २०६० (संशोधन २०६२) को दफा ४ को उपदफा (१), (२), (८) र (११) (पत्रकार संचारमाध्यममले गर्न नहुने) को उल्लंघन भएको हुँदा तत्काल यस्तो समाचार सामाग्री प्रकाशन प्रशारण नगर्न नगराउन सचेत गराइएकाछ । अध्यक्ष कार्कीले यस सम्बन्धमा आफ्नो कुनै प्रतिकृया घए ७ दिन भित्र पेश गर्न पनि ती संचारमाध्यमहरुलाई निर्देशन दिनुभएको छ ।