काठमाडौं। भारतले नाकाबन्दी गरेपछि नेपालमा इन्धन संकट बढेको र नेपाली जनताले दुःख पाएको स्मरण गराउँदै यस दुःखद् घडीमा पनि पत्रकारहरूले आफ्नो जिम्मेवार पूरा गर्दै आएको स्मरण गराउँदै राष्ट्रिय अनलाइन पत्रकार संघले बाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनलाई ज्ञापन पत्र बुझाएको छ ।
राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना सहितको समूहले बाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै मन्त्री पुनले प्रक्रिया मिलाएर १र२ दिन भित्रनै पत्रकारहरूलाई इन्धन उपलब्ध गराउने बचन दिएका छन् ।
संघले यस्तो कठिन अबस्थामा बाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी समाल्नु भएकोमा सफल कार्यकालको सुभकामना समेत सघले ब्यक्त गरेको थियो ।