वीरगञ्ज। वीरगञ्जमा प्रहरी र प्रर्दशनकारीबीच भएको झडपले तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि कफ्र्यू लगाएको छ ।
स्थानीय प्रशासनले मितेरी पुलदेखि भारतीय सीमा क्षेत्रसम्म दिउँसो ३ बजेबाट कफ्र्यु लगाएको हो । मितेरी पुलमा धर्ना बस्दै आएका प्रर्दशनकारीलाई प्रहरीले हटाउने क्रममा सोमबार बिहानै झडप भएपछि तनाव शुरु भएको थियो ।
स्थानीय शंकराचार्य गेट क्षेत्रमा प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिकको मृत्यु भएको थियो । मृतक आशिशकुमार राम रहेको प्रहरीले जनाएको छ । प्रर्दशनका क्रममा प्रहरीले दुई भारतीयसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।