काठमाडौं। वीरगन्ज नाका ठप्प भएसँगै भारतसँगका अन्य नाकाहरु पनि बन्द हुन थालेका छन् । सीमावर्ती क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका कारण सोमबार जोगवनी–विराटनगर नाकामा कडाइ गरिएको छ भने पश्चिम नेपालका दुई ठूला नाका रुपैडिया–नेपालगन्ज र सुनौली–भैरहवा पनि बन्द गरिएका छन् ।
भारतीय सीमासुरक्षा बलले‘माथिको आदेश’ भन्दै सुरक्षाको कारण देखाएर नाका बन्द गरेको हो । यी नाकामा आन्दोलन, प्रदर्शन र धर्ना भने भएको छैन ।