वीरगञ्ज। नाकामा धर्ना बसेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै मोर्चाका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन्। सुतिरहेकै अवस्थामा प्रहरीले हस्तक्षेप गरेपछि मोर्चाका कार्यकर्ताहरु सहरका विभिन्न ठाउँमा टायर बालेर प्रर्दशन गरिरहेका छन्।
मोर्चाले वीरगन्जको लक्ष्मणवा, नगवा, घण्टाघर, बिर्ता, गण्डक, श्रीपुरलगायतका स्थानमा बिहानैदेखि टायर बालेर स्थानीय प्रशासनविरुद्ध नारावाजी गरिरहेका छन्।
सुरक्षाकर्मीले धर्ना बसेका मोर्चाका नेताहरुलाई हस्तक्षेप गरी घाइते बनाएको संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले बताए।
धर्ना बस्न प्रयोग गरिएका पालहरु प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले सहरका संवेदनशिल स्थानहरुमा तीन सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको पर्सा प्रहरी प्रमुख राजुबाबु श्रेष्ठले बताए।