एजेन्सी। चीन सरकारले एक शिशु नीतिको दशकौं पुरानो नीति अन्त्य गरिएको घोषणा गरेको छ। आधिकारिक सिन्हवा समाचारसंस्थाले अब सबै दम्पतिहरुले दुईवटा बच्चा जन्माउन पाउने जनायो।
उक्त नीतिले लैङ्गीक असन्तुलन ल्याउनुकासाथै श्रमशक्ति पनि घटाउँदै लगेको भनी त्यसको आलोचना गरिएको थियो। उक्त नीतिप्रति अधिकांश चिनियाँहरु बेखुसी पनि थिए। एक शिशु नीतिले गर्दा चीनमा झण्डै चालिस करोड जनसंख्या घटेको अनुमान गरिएको छ
देशको पन्चवर्षीय योजना बनाउन बसेको सत्तारुढ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरुको बैठकपछि जारी एक विज्ञप्तिमा सो उल्लेख गरिएको थियो।
छत्तीस वर्ष अघि जनसंख्या नियन्त्रण गर्न भन्दै चिनियाँ कम्युनिष्ट पार्टीले त्यस्तो कडा नीति ल्याएको थियो।एक शिशु नीतिले गर्दा चीनमा झण्डै चालिस करोड जनसंख्या घटेको अनुमान गरिएको छ।