काठमाडौं। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिमा  निर्बा्चित हुनु भएकोमा राष्ट्रिय अनलाइन पत्रकार संघले बिद्या भण्डारीलाई  हार्दिक बधाई तथा उहाँको कार्यकाल पूर्ण सफलताको शुभकामना ब्यक्त गरेको छ  ।

महिला तथा युवालाई राष्ट्रको प्रमुख पदहरुमा स्थापित गर्ने नीति एकदमै राम्रो भएको संघका अध्यक्ष मुकुन्द ढुंगानाले बताउनुभयो । महिला राष्ट्रपति पाउँदा खुशी त अबस्यनै हुने कुरा हो साथै  सम्पूर्ण नेपाली नारीको जित र उहाको पति जननेता स्वर्गीय मदन भण्डारीको योगदानको पनि उच्च कदर रहेको समेत ढुंगानाले बताउनुभयो  ।

नयाँ संबिधान जारी भईसकेपछि नेपालको इतिहासमानै पहिलो पटक महिला सभामुख तथा राष्टपति  हुनु आफैमा समानुपातिक समाबेशी लोकतन्त्रको सार्थक अभ्यास रहेको बताउनुभयो  ।  राष्टपति मुलुकको सर्बोच्च पद भएकोले यसको गरिमा सदा उच्च राख्दै सबल राष्ट्रियता , सामाजिक सदभाब, मेलमिलाप, निस्पक्ष अभिभाबकत्व, देशभक्ति साथै हिमाल पहाड र तराई मधेशका सम्पूर्ण नेपालीको राष्ट्रिय एकता मजबुत बनाउन विद्या भण्डारीज्यूको महत्वपुर्ण भूमिका रहोस भन्ने आशा ब्यक्त आफ्नो व्यक्तिगत तथा संघले राखेको जानकारी ढुंगानाले गराए