काठमाडौ। संयुक्त मधेसी मोर्चाले बाराका सञ्चारमाध्यमलाई मोर्चाले तिहार र छठ लगायतको शुभकामना सामग्री प्रकाशन–प्रसारण गर्न बन्देज लगाएकोमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
महासंघले यसलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै विरोध जनाएको छ प्रकट गरेको छ ।
महासंघले सञ्चारमाध्यममाथि लगाइएको यस्तो बन्देज तत्काल हटाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोगको वातावरण निर्माण गर्न सरकार र आन्दोलनरत पक्षलाई आह्वान पनि गरेको छ ।
मोर्चाले मंगलबारे एक विज्ञप्ति प्रकाशित गरि सञ्चारमाध्यममा शुभकामनाको सन्देश नबजाउन धम्की दिइको थियो ।