काठमाडौं। प्रहरीले बुधबार बिहान पेट्रोल कालोबजारी गर्ने सात जनालाई कलंकीबाट पक्राउ गरेको छ ।
कंलकी स्थित कपिल बुढाथोकीको घरमा नाफाखोरी गर्न पेट्रोलियम पदार्थ लुकाईराखेको सुचनाका आधारमा छापा मार्दा घरमा लुकाई राखिएको १ हजार ७ सय १० लिटर र ट्याक्सिभित्र राखिएको १ सय ९० लिटर पेट्रोलसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कलंकीका ३९ वर्षका कपिल बुढाथोकी, पर्साका ३८ वर्षका हरिप्रसाद तिमिल्सिना, पर्साकै ४७ वर्षका टंकप्रसाद तिमिल्सिाना, ३५ वर्षका घनश्याम रिसाल, २६ वर्षका तोकबहादुर पाख्रिन, ५५ वर्षका रत्नबहादुर श्रेष्ठ र सिन्धुपाल्चोकका २९ वर्षका गंगाकुमार श्रेष्ठ रहेका छन् ।
पक्राउ परेकाहरुलाई कालोबजारी ऐन अन्तर्गत आवश्यक कारवाही हुने र अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर पठाइएको प्रहरीले जनाएको छ ।