काठमाडौं ।नेपाली किशोर फुटबल टोली एएफसी यु-१६ च्याम्पियनसिपमा सहभागिता जनाउनबाट बञ्चित हुने भएको छ । यससँगै यु-१७ विश्वकप खेल्ने सपना पनि तुहिएको छ ।

गत महिना किर्गिस्तानमा बलिया टोलीहरुलाई पराजित गरेर चौंथो उत्कृष्ट उपविजेताका रुपमा एएफसी यु-१६ च्याम्पियनसिप को फाइनल चरणमा स्थान बनाएको नेपाली टीम १६ वर्षभन्दा माथिका खेलाडीलाई मैदान उतारेको भन्दै प्रतिबन्धमा परेको हो ।

एसिएन फुटबल कन्फेडेरेसन (एएफसी)ले नेपाली टोलीमाथि प्रतिबन्ध लगाउनुका साथै ४,५०० अमेरिकी डलर जरिवना तिराउने निर्णय गरेको छ । यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसीको नियम उलंघन गरेवापत थप १० हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ । साथै आगामी दिनमा यस्ता गल्ति दोहोर्याए गम्भीर कारबाही गर्न सक्नेसम्मको चेतावनी एएफसीले एन्फालाई दिएको छ ।