१० कात्तिक, काठमाडौं । नेपाल प्रहरीको कल्याण कोषद्वारा प्रहरी मुख्यालय परिसरमा सञ्चालित नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्पबाटै पेट्रोलियम पदार्थको कालोबजारी हुने गरेको रहस्य सार्वजनिक भएको छ ।
प्रहरी प्रधान कार्यालय सम्बद्ध विश्वस्त स्रोतका अनुसार हालको अघोषित नाकाबन्दीको कारण देशभर पेट्रोलियम पदार्थको चरम अभाव भएको मौकाको फाइदा उठाउँदै प्रहरी कल्याण कोष कोषका प्रमुख एसएसपी लव बिष्टले कल्याण कोषद्वारा सञ्चालित पेट्रोल पम्पहरुमा अनावश्यक हस्तक्षेप गर्दै पेट्रोलियम पदार्थको कालेबजारीलाई प्रश्रय दिइरहेको खुल्न आएको छ ।
पेट्रोलपम्प प्रमुखको जिम्मेवारीमा पूर्वप्रहरी निरीक्षक चिन्तामणि भट्टराई रहेपनि एसएसपी विष्टले पेट्रोलियम पदार्थको वितरणमा अनावश्यक हस्तक्षेप गर्दै नेपाल आयल निगमले तोकेको मापदण्डविपरीत आफू निकटका केही व्यक्तिहरुलाई प्रयोग गरेर अनियमित तवरले पेट्रोलियम पदार्थ वितरण गरेको र सोही पेट्रोलियम पदार्थ उपत्यकाका विभिन्न ठाउँमा प्रतिलिटिर पाँच सयको दरले बिक्री भइरहेको स्रोतको दावी छ । आर्थिक दैनिक