काठमाडौं। विजयादशमी, दीपावली तथा छठको अवसरमा नेपाली कांग्रेसले आज दिउँसो चियापान समारोह आयोजना गर्दैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म दशरथ रङ्गशालामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने भएको हो ।
प्रवासमा रहेका नेपाली काँग्रेसका नेता बिपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते स्वदेश फर्केपछि मेलमिलाप, सहमति र सहकार्यबाटै प्रजातन्त्रको सुदृढीकरण हुन्छ भन्ने मान्यताका साथ २०३५ सालदेखि कांग्रेसले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।
चियापनमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै कुटनीतिक नियोगका अधिकारीका साथै राजनीतिक दल, पेसाकर्मी, बुद्धिजीवी तथा समाजका सबैलाई सहभागी हुन कांग्रेसले आग्रह गरेको छ ।