काठमाडाैं । सिमाक्षेत्र खम्बाटारदेखि केरुङसम्म पहिरो गएपछि  सो नाका बन्द थियो । आजबाट  नाका खुलेको रसुवाका डिएसपी अबदेश बिष्टले जानकारी दिए ।

सो नाकाबाट चीनले १० लाख लिटर तेल बुधबारसम्ममा नेपाल पठाउने बताएको छ । नाका बिहान ११ बजेबाट सूचारु भएको हो ।

विष्टका अनुसार चीनियाँ प्रहरीले अझै बाटो राम्रो नभएको बताएका छन् । पहिरोका कारण ठाँउ ठाँउमा बाटो बिग्रिएको छ ।