काठमाडाैं ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोबिन्द पोखरेलले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री कार्यालयमा आफ्नो राजीनामा बुझाएका हुन् ।
उनी कांग्रेस कोटाबाट नियुक्त भएका थिए ।
कांग्रेस कोटाबाट उपाध्यक्षमा पोखरेल, सदस्यहरू स्वर्णिम वाग्ले, भारततेन्दु मिश्र र यज्ञबहादुर कार्की नियुक्त भएका थिए । उनीहरुले पनि आजै राजीनामा दिएका छन् ।