दसैंको विदा पछि आईतबारदेखि सरकारी कार्यालयहरु संचालनमा आएका छन् । विदा पछिको कार्यालय खुलेको पहिलो दिन भएपनि अधिकांश कार्यालय सुनसान प्राय बनेका छन् ।
मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्रका मन्त्रालय विभागका कार्यालयमा पनि अन्त्यन्तै न्युन कर्मचारीउपस्थिति छ भने सेवाग्राही त शुन्य प्राय छन् ।
इन्धन समस्याका कारण अत्यन्तै कम सवारी साधन संचालनमा आएका कारण पनि सेवाग्राहीको उपस्थितिमा कमि आएको हो । त्यसैगरी कर्मचारीहरुको उपस्थिति पनि पातलो  छ । प्रधानमन्त्रीको कार्यालय, गृह तथा रक्षा लगायत अन्य मन्त्रालयहरु रहेको मुख्य प्रशासनिक केन्द्र नै सुनसान प्राय छ भने बाहिर रहेका अन्य सरकारी तथा निजि संस्थानका कार्यालयमा पनि इन्धन अभावको प्रभाव देखिएको छ ।