बुटवलबाट नेपालगंज तर्फ जादै गरेको लु १ ख ५८२८ यात्रुबाहक बस बाँकेको चापरगौडीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको तथा ७ जना गम्भीर घाइते भएका छन् । अन्य ३६ जनाको अवस्था अज्ञात रहेको तथा घाइतेहरुको नेपालगंज अस्पतालमा उपचार हुँदै गरेको स्थानीय प्रहरीले जानकारी दैनिकलाई जनकारी गराए ।
स्थानीय भरत खड्काका अनुसार बसबाट १२ जना मानिस जलेको अवस्थामा निस्किन सफल भएका थिए । उनीहरुको बाँके र दाङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । खड्काका अनुसार बसना ग्यास र पेट्रोलियम पदार्थ भएकाले दुर्घटनामा पर्नासाथ अागलागी भएको थियो । अागलागीबाट बस पूर्ण रुपमा जलेर नष्ट भएको छ । उनले भने, ‘म एक जना महिलालाई जलेको अवस्थामा लमहीतर्फ उपचारका लागि लैजाँदै छ । कति मानिसको मृत्यु भयो भन्ने यकिन भएन र बस नम्बर पनि पहिचान गर्न सक्ने अवस्था छैन ।’दुर्घटनापछि जलेको बसबाट सात जनाको शव निकालिएको छ । शव पूर्ण रुपमा जलेकाले पहिचान गर्न सकिएको छैन ।