काठमाडौँ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको लिगलिग दौड २०७२ को  प्रथम स्थानमा नेपाली सेनाका हरिकुमार रिमाल  बनेका छन् ।

प्रतियोगितामा पहिलो भई राजा हुने सेनाका हरिकुमार रिमालले नगद ५० हजार पाँचसय पाँच रुपैयाँ, पगरी मेडल र प्रमाणपत्र पायक छन् ।

दौड चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु भई ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, साउनेपानी, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गडीसम्मको १३ किलोमिटर दुरी पार गर्नु भयको थियो  ।

बि.सं १६०४ को असोज शुक्ल बिजयादशमीका दिन पहिलोपटक १९ बर्षका दलसुर घले मगरले पहिलो चोटी लिगलिगे दौड प्रतियोगितामा जितेर राजा भएदेखि यहाँ दौडेर पहिलो हुने एक वर्षका लागि राजा बन्ने परम्परा बसेको थियो ।

उनले १६१५ सम्म लगातार दौड जितेर राजा बनेका इतिहास छ । बिसं १६१६ मा द्रव्य शाह दौडेर राजा भएपछि गोरखा राज्यमा शाहवंशको उदय भएको थियो ।