गाईको मासु नेपाल प्रवेश गराउने क्रममा भारतीय एसएसबी र स्थानीयबीच महोत्तरीको सम्सी सीमानाकामा रहेका भारतको कन्हमा बजारमा आईतवार दोहोरो झडप भएको छ। करीब आधा घण्टासम्म चलेको दोहोरो झपडमा परी दुई सूरक्षाकर्मीसहित एक दर्जन भन्दा बढी भारतीय नागरिक घाईते भएका छन्। घाईतेहरुको उपचार स्थानीय स्तरमा भइरहेको छ।

कन्हमाका केहि व्यक्तिहरुले गाईको मासु काटी नेपालतर्फ भित्र्याउन लागेको बेला कन्हमा र सम्सीको सीमानाकामा खटिएका भारतीय सीमा सूरक्षा बल (एसएसबी) ले कन्हमा बजारमा उनीहरुलाई चेकजाँच गर्ने क्रममा मासु खोसेर पोखरीमा फालेपछि विवाद उत्पन्न भएको थियो।

एसएसबीले मासु फालिदिएपछि कन्हमाबाट दर्जनौको संख्यामा आएका स्थानीय बासिन्दाले एसएसबीमाथि ढुंगामुढा प्रहार गरेपछि दोहोरो झडप भएको थियो।  स्थितिलाई नियन्त्रणमा लिन एसएसबीले १४ राउण्ड हवाई फायर गरेका हो भने अहिले कन्हमा बजारको अवस्था तनावग्रस्त रहेको छ।

भारतमा गोली चलेको देखेर नेपाल प्रहरीले महोत्तरीको सम्सी नाकामा सुरक्षा व्यवस्था कडा पारेको छ भने भारतीय तर्फबाट कुनै पनि नागरिकलाई नेपाल आगमनमा अहिले रोक लगाएको छ।