काठमाडौं। नेपाली कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवारी नदिने निर्णय भएको छ । नेपाली कांग्रेसका् यो निर्णयसँगै एमाओवादीबाट सभामुखका लागि प्रस्तावित ओनसरी घर्तीको जीत सुनिश्चित भएको छ ।
शुक्रबार बिहान बसेको नेपाली कांग्रेस पधाधिकारी बैठकले सभामुख र उपसभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो । यो निर्णयलाई नेपाली कांग्रेसको राष्ट्रपति उम्मेदवारमा एमाले र एमाओवादीलाई सहमत गराउने रणनीतिका रुपमा समेत हेरिएको छ ।
यसअघि एमाओवादी र एमालेबीच भएको सहमति अनुसार एमाओवादीका तर्फबाट उप सभामुखबाट राजीनामा दिएकी ओनसरी घर्तीलाई सभामुख बनाउने निर्णय एमाओवादीले गरेको थियो ।
यो सँगै मुलुकले नेपालको राजनीतिक इतिहासमा पहिलो महिला सभामुख पाउने भएको छ ।