एजेन्सी ,यांगुन। म्यान्मार सरकार र यहाँका आठ सशस्त्र समूहबीच शान्तिवार्ताका लागि युद्धविराम भएको छ । चुनाव हुन केही साताअघि उनीहरूबीच भएको युद्धविरामले ठूलो अर्थ राख्ने विश्लेषकहरू बताउँछन् ।

बिहीबार भएको सम्झौताले ६ दशकदेखि जारी रहेको हिंसा र विद्रोहको अन्त्यमा युद्धविरामले सहयोग गर्ने अपेक्षा गरिएको छ । सम्झौतामा सरकारका तर्फबाट राष्ट्रपति थाँ सेनसहित उपराष्ट्रपति र सरकारी उच्च अधिकारीले हस्ताक्षर गरेका थिए भने सशस्त्र विद्रोही समूहबाट आठवटै समूहका प्रमुख थिए ।

सम्झौताका लागि आयोजित समारोहमा म्यानमारका प्रमुख राजनीतिक दलसहित कम्तीमा ५० वटा मुलुकका प्रतिनिधिको सहभागिता थियो । सम्झौतापछि सम्बोधन गर्दै राष्ट्रपति सेनले यसलाई ‘इतिहासकै महत्त्वपूर्ण दिन’ भने ।