काठमाडौं।अन्तराष्ट्रिय प्रतियोगितामा खेल मिलेमतो गरेको आरोप लागेका एक प्रशिक्षक र राष्ट्रिय फूटबल टोलीका ४ खेलाडीलाई अखिल नेपाल फूटबल संघ (एन्फा)ले निलम्बन गरेको छ।
एन्फाले बिहीबार विज्ञप्ति प्रकाशित गरी मुद्धाको किनारा नलागेसम्म उनीहरुलाई फूटबलका कुनैपनि गतिबिधीमा समावेश नगरिने जनाएको छ।
एन्फा महासचिव धिरेन्द्र प्रधानद्वारा जारी विज्ञप्तिमा एन्फाले अनुसन्धानका लागि सबैकिसिमको सहयोग गर्ने उल्लेख छ