काठमाडौं । म्याच फिक्सिङको आरोपमा राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित पाँच खेलाडी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्री रहेका छन्। उनीहरुलाई अनुसन्धानका लागि हिराशतमा राखिएको छ।
महानगरीय अपराध महाशाखाले अन्तराष्ट्रिय प्रतियोगितामा मिलोमतो गरेको उजुरीको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरेको हो। थापा सहितका खेलाडीले सन २००८ देखी २०१४ को वीचमा भएका अधिकांश अन्र्तराष्ट्रि फुटबल खेलमा चर्को रकम लिएर विपक्षी टीम लाई जिताउन सहयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
मलेसिया, बंगलादेश, अफगानिस्तानसँग भएको अन्र्तराष्ट्रिय स्तरको फुटबल खेलमा उनीहरुले म्याच फिक्सिङ गरेको उजुरीको अनुसन्धानमा प्रमाण तथा तथ्यहरु फेला पारेपछि प्रहरीले उनीहरु पक्राउ गरेको हो।
महानगरिय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक(एसएसपी) सर्वेन्द्र खनालले म्याच फिक्सिङ गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए।