काठमाडौं। बिगत दुई महिनादेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दसैंलाई मध्यनजर गर्दै तराई मधेसमा जारी आन्दोलन खुकुलो बनाउने भएको छ । नेताहरुले दसैंंलाई मध्यनजर गर्दै आन्दोलनको स्वरुप परिर्तवन गर्नेबारे छलफल गर्नै जनाईएको छ ।

मधेसको आन्दोलनबाट यतिबेला सिङ्गो देश मात्रै नभई मधेसमा बस्ने नेपालीहरु पनि आजित भईसेका छन् । यता मधेसको आन्दोलन गलत भएको भन्दै मधेसी दलमा आवद्ध जिल्ला तहका नेताहरुले पार्टी परित्याग गर्ने क्रम जारी छ । दसैंको समयमा बजार, यातायात, वित्तीय संस्थाहरु खुला गर्न मोर्चामा आवद्ध दलहरु सकारात्मक देखिएका छन् ।

यतिबेला मधेसी दलहरको कार्यशैली देखेर आम जनताको आलोचनाको शिकार बनेका छन् । उनीहरु संविधानसभाद्धारा जारी गरिएको संविधानको विरोध पनि गरिरहेका छन् र संविधान अनुसार नैं भएको प्रधानमन्त्रि निर्वाचनमा पनि सामेल भएका थिए ।