काठमाडौं । केहीदिनदेखि हवाइ जहाजमा तेल ओसारिरहेको वायु सेवा निगमलाई नेपाल आयल निगमसँग काठमाडौंमा किन्दाभन्दा भारतको कोलकाताबाट ओसार्दा सस्तो पर्ने देखिएको छ ।

निगमका अनुसार आयल निगमसँग हवाइ इन्धन किन्दा प्रतिकिलोलिटर करिब १ हजार ३ सय ५० डलर पर्छ । कोलकाताबाट त्यही इन्धन प्रतिकिलोलिटर ५ सय ७० डलरमा पाइन्छ । काठमाडौ र कोलकाताको दुरी ४५ मिनेटको छ । यहाँभन्दा कोलकातामा इन्धनको भाउ साढे ३ गुणा सस्तो पर्छ ।