काठमाडौं । एमालेका उपमहासचिव विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिने निर्णय एमालेले गरेको छ। पौडेल यसअघि रक्षा तथा अन्य मन्त्रालयको जिम्मेवारी समालिसकेका छन्।
एमालेभित्र भद्र र स्वच्छ छविका नेताका रुपमा परिचित पौडेल रुपन्देहीबाट निर्वाचित सांसद् हुन्। छनोटका लागि सोमबार बिहान एमाले स्थायी समितिको बैठक बसेको थियो।