काठमाडौं । रातो मच्छिन्द्रनाथको भोटेजात्रा देखाउने दिन परेकाले गृहमन्त्रालयले एक विज्ञप्ति निकाल्दै सोमबार काठमाडौं उपत्यका भित्र सार्वजनिक बिदा दिएको हो।
आज हुने भोटो देखाउने कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री,प्रधानन्यायाधीशलगायत उच्चपदस्थ संवैधानिक निकायका पदाधिकारीहरू सहभागी हुने कार्यक्रम छ ।
हिन्दुहरुको महान चाड विजयादशमीको पहिलो दिन अर्थात घटस्थापना भोलि मंगलबार परेकाले देशभर मन्त्रालयले सार्वजनिक विदा दिने निर्णय गरेको छ। घटस्थापनाका दिन घरघरमा जमरा राखेर दसैंको स्वागत गर्ने गरिन्छ।